× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज नेपालमा विजया दशमीको टिका लगाउन उत्तम साइत १०:२ बजे

    ३ वर्ष पहिले

    असोज-२९,आज विजया दशमी अर्थात् नेपालीले मनाइने प्रमुख चाड बडादशैंको मुख्य दिन नेपालीहरूले मान्यजनहरूबाट टीका र जमरा थापेर आशीर्वाद लिँदै मनाइन्छ।

    अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले देश तथा विदेशमा रहेका नेपालीहरुले टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ।

    समितिका अध्यक्ष प्रा डा माधवप्रसाद भट्टराईले धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टिअनुसार टीका लगाउने समय यकिन गरिएको बताएका छन्।

    समितिका अनुसार नेपालमा टीका लगाउने उत्तम साइत शुक्रबार बिहान १०:२ बजे रहेको छ। यस्तै‚ भारतको देहलीमा १५ अक्टोबरको दिन बिहान ९:५५ बजे उत्तर साइत रहेको छ।

    यस्तै‚ अमेरिकाको न्युयोर्कमा १५ अक्टोबरको दिन बिहान ९:२१ बजे‚ केन्टुकीमा १५ अक्टोबरको दिन बिहान ८:४५ बजे‚ टेक्सासमा १५ अक्टोबरको दिन बिहान ८:१५ बजे र क्यालिफोर्नियामा १५ अक्टोबरको दिन बिहान ७:१५ बजे उत्तम साइत रहेको छ।

    क्यानडाको टोरन्टोमा १५ अक्टोबरको दिन बिहान ८:३५ बजे‚ जापानको टोकियोमा १५ अक्टोबरको दिन बिहान ११:५ बजे उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।