३ वर्ष पहिले
असोज-२९, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशको प्रदेश नं १, प्रदेश नं २, प्रदेश र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र बाग्मती पहाडी भुभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी राती देशको प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।