× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २७२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ७७७

    ३ वर्ष पहिले

    असोज-२९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७२ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ९७ हजार ८ सय ६१ जना पुगेको छ ।

    २४ घण्टामा २ हजार ९२ जनाको पिसिआर परीक्षण गर्दा २ सय ४० जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४३ लाख १२ हजार ४ सय १२ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ६ सय २० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख २९ हजार ८ सय २२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ३ सय ८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १२ हजार २ सय ५० रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ५८ छ।

    २४ घण्टामा ७ सय ७७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ७९ हजार ९ सय ३१ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ८ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ७७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ३१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ७ जना र भेन्टिलेटरमा १ सय १ जनाको उपचार भईरहेको छ ।