× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १४७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ८४५

    ३ वर्ष पहिले

    असोज-३०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ४७ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ९८ हजार ८ जना पुगेको छ ।

    २४ घण्टामा १ हजार ४ सय ४६ जनाको पिसिआर परीक्षण गर्दा १ सय ३६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४३ लाख १३ हजार ८ सय ५८ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ सय २७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ३० हजार १ सय ४९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ५ सय ९८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ११ हजार ५ सय ४४ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ५४ छ।

    २४ घण्टामा ८ सय ४५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ८० हजार ७ सय ७६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.९४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ७८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ३१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ७ जना र भेन्टिलेटरमा ९७ जनाको उपचार भईरहेको छ ।