× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपालमा केही दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना,सजकता अपनाउन अनुरोध

    ३ वर्ष पहिले

    कार्तिक-१,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विशेष बुलेटिन अनुसार हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण केहि दिन नेपालको मौसम प्रभावित हुने देखिन्छ ।

    आज सोमबार र भोलि मंगलबार विशेष गरी लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूका तथा प्रदेश १ का धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र केहि स्थानहरुमा मेघ गर्जन,चट्यांग,हावाहुरी सहित भारी वर्षा र बाकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको समेत संभावना रहेको जनाइएको छ।

    त्यसैगरी बुधबार प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरुमा मेघ गर्जन/चट्यांग/हावाहुरी सहित भारी वर्षा र बाकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको समेत संभावना रहेको छ।

    उच्च पहाडी तथा हिमाली भू-भागहरुमा हिमपातको पनि संभावना रहेकोले यात्रा तथा कृषि कार्य गर्दा सजक अपनाउनु जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।