× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मोहम्मद जयन्तीको अवसरमा भोलि मुस्लिम समुदायलाई सार्वजनिक बिदा

    ३ वर्ष पहिले

    कार्तिक-१, सरकारले मंगलबार (भोलि) मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिइने भएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार मोहम्मद जयन्ती १४९६ को अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    साउदी अरेबियामा जन्मेका मोहम्मद इस्लाम धर्मका संस्थापक हुन् । उनको जन्म मक्कामा ५७० एडीमा भएको थियो भने मृत्यू मक्कामा ६३२ जून ८ मा भएका थियो ।

    विश्वभर झण्डै २ अर्ब मुस्लिमहरु छन् । नेपालमा मुस्लिम जनसंख्या करिब १२ लाख रहेको छ, जुन कुल जनसंख्याको ४.४ प्रतिशत हो ।