× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज कोजाग्रत व्रत, दसैँ पर्व समापन हुँदै

    ३ वर्ष पहिले

    कार्तिक-२, नेपालीको महान् चाड दसैं पर्व आजदेखि समापन हुँदैछ ।दशैंको प्रतिपदाबाट आजको पुर्णिमाको १५ दिनसम्मलाई दुर्गापक्ष भनिन्छ ।यो दुर्गापक्षको समापनसँगै दशैलाई अर्को वर्षसम्म लागि थाती राखिन्छ ।

    आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ ।

    आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

    टाढा-टाढाबाट आवतजावत गर्नुपर्नेहरुले आजै सम्म मान्यजनका हातबाट टीकाजमरा थाप्ने गर्छन् । विजयादशमीदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ ।

    कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत एवं कात्ति स्नान भने बुधबारदेखि सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

    आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ ।यसैगरी सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आजैदेखि आकाशदीप दान पनि सुरु गरिन्छ ।