× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    हावाहुरी तथा पानी परेको समयमा पोेल,स्टे एवं विद्युतीय सामाग्री नछुन अनुरोध

    ३ वर्ष पहिले

    कार्तिक_३, चितवन जिल्लाको इच्छाकामना र गोरखाको शहीद लखन थापा गाउँपालिका वरपर हावाहुरी तथा पानी परेको समयमा पोेल,स्टे एवं विद्युतीय सामाग्री नछुन विद्युत प्रदाय संस्था मर्स्याङ्दी बहुउद्देश्य सहकारी संस्थाले अनुरोध गरेको छ।

    विद्युत प्रदायक संस्था मर्स्याङ्दी बहुउद्देश्य सहकारी संस्थाका प्रवन्धक कुमार श्रेष्ठले जारी गरेको सुचनामा अहिले भइरहेको अत्याधिक वर्षाको कारण ठाउँ ठाउँमा बाढी पहिरो आइरहेको र सो बाढी पहिरोले विद्युतीय पोल तथा उपकरणमा क्षति पुगि लाइन सट भएर करेन्ट प्रवाह भई दुर्घटना हुन सक्ने हुँदा पोेल,स्टे एवं विद्युतीय सामाग्री नछुन अनुरोध गरेको छ।

    त्यसैगरी भारी वर्षा तथा चट्याङ पर्दा घरायसी विद्युतीय उपकरण तथा हेभी उपकरण पनि नचलाउन अनुरोध गरेको छ ।

    वर्षाको कारण बाढी पहिरो आएर विद्युतीय पोल तथा उपकरणमा क्षति पुगेमा मुग्लिन फ्युज शाखाका प्रमुख शेषमणि अधिकारी को मोबाइल नम्बर ९८४५७८८१९२ वा मर्स्याङ्दी बहुउद्देश्य सहकारी संस्थाका विद्युत विभाग ईन्चार्ज टिएन श्रेष्ठको मोबाइल नम्बर ९८५५०६०७३० वा वरिष्ठ प्राविधिक तोयानारायण श्रेष्ठको मोबाइल नम्बर ९८४५३३४४६७ सम्पर्क गर्न पनि प्रवन्धक श्रेष्ठ अनुरोध गरेको छ ।