३ वर्ष पहिले
कार्तिक-५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २ हजार १ जना पुगेको छ ।
२४ घण्टामा ७ हजार २ सय ५३ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ७५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४३ लाख ५७ हजार ४ सय ७९ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा २ हजार १ सय २३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ४० हजार ५ सय ६९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ४६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १० हजार १ सय १६ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ सय ३० छ।
२४ घण्टामा ९ सय ३२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ८५ हजार ८ सय १३ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.११ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ११ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ३७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय २३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ७९ जना र भेन्टिलेटरमा ९१ जनाको उपचार भईरहेको छ ।