× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    शुक्रबारसम्म बाढीपहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या १११ पुग्यो

    ३ वर्ष पहिले

    कार्तिक-५, बेमौसमी वर्षापछि मुलुकको विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परेर शुक्रबारसम्म मृत्यु हुनेको संख्या १ सय ११ पुगेको छ ।

    प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाए अनुसार हालसम्म बाढीपहिरो र डुबानमा परेर १ सय ११ जना मृत्यु भएको छ भने ३७ जना बेपत्ता भएका छन् ।

    बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १ सय ११ जनाको मृत्यु भएको हो ।

    त्यसैगरी बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ११ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ३७ जना वेपत्ता भएका छन् ।

    यस्तै बाढी पहिरोमा परी घाइते हुनेको संख्या ४२ जना पुगेको छ। घाइते हुने मध्ये १ नम्बर प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना रहेको छ।

    बाढीको कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ७८ वटा घर, १६ वटा गोठ, ६ वटा पुल, १ वटा विद्यालय र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ८६ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट १ हजार १ सय ८८ वटा घर परिवार विस्थापित भएको प्रहरी प्रधान कार्यालय काठमाडौंले जनाएका छन्।