३ वर्ष पहिले
कार्तिक-६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय १३ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख २ हजार ५ सय १४ जना पुगेको छ ।
२४ घण्टामा ४ हजार ९ सय ७२ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४३ लाख ६२ हजार ४ सय ५१ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ९ सय ५९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ४२ हजार ५ सय २८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ५९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ९ हजार ७ सय ५७ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ सय २ छ।
२४ घण्टामा ८ सय १७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ८६ हजार ६ सय ३० पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.१५ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ८ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय २२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ६८ जना र भेन्टिलेटरमा ८९ जनाको उपचार भईरहेको छ ।