× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    करिब २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने

    ३ वर्ष पहिले

    कार्तिक-७, देशभरिका करिब २७ लाख बालबालिकालाई आज र भोली भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउँदै छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउन थालिएको छ ।

    सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउने भएको मन्त्रालयले जनाएको छ ।

    यो कार्यक्रमको लागि देशभरिमा ५२ हजार भिटामिन खुवाउने केन्द्र कायम गरिएको छ भने ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ।

    कोरोना संक्रमणको उच्च जोखिम रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर घर नजिकैको वितरण केन्द्रबाट औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।