× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ५५७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ८७७

    ३ वर्ष पहिले

    कार्तिक-७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ५७ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ३ हजार ७१ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ६१ जनाको पिसिआर परीक्षण गर्दा ५ सय २२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४३ लाख ६८ हजार ५ सय १२ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ५ सय ६४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ४४ हजार ९२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १० हजार २ सय १ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ९ हजार ४ सय २३ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ सय ७८ छ।

    २४ घण्टामा ८ सय ७७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ८७ हजार ५ सय ७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.२० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ३ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय २० जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ७३ जना र भेन्टिलेटरमा ८५ जनाको उपचार भईरहेको छ ।