× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ७७६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ५०१

    ३ वर्ष पहिले

    कार्तिक-८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ७६ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ३ हजार ८ सय ४७ जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार २ सय ८४ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ७३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४३ लाख ७६ हजार ७ सय ९६ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ५ सय ८० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ४६ हजार ६ सय ७२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३ सय ६० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ९ हजार ६ सय १७ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ सय ४३ छ।

    २४ घण्टामा ५ सय १ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ८८ हजार ८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.१८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १३ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ६१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय १९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ५४ जना र भेन्टिलेटरमा ७४ जनाको उपचार भईरहेको छ ।