× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ६७२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ४९५

    ३ वर्ष पहिले

    कार्तिक-१०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ७२ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ५ हजार १ सय ८५ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार १ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ८२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४३ लाख ९६ हजार ७ सय ३४ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ३ सय २८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ५१ हजार २ सय ४९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३ सय ७५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ९ हजार ५ सय ५० रहेको छ भने संस्थागत आइसोलेसनमा ८ सय २५ छ।

    २४ घण्टामा ४ सय ९५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ८९ हजार १ सय २५ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.१७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ८ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय १६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ५४ जना र भेन्टिलेटरमा ८६ जनाको उपचार भईरहेको छ ।