× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ५९१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ६६४

    ३ वर्ष पहिले

    कार्तिक-११, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ९१ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ५ हजार ७ सय ७६ जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार ८ सय ८४ जनाको पिसिआर परीक्षण गर्दा ५ सय २७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४४ लाख २ हजार ५ सय ८२ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ५ सय ७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ५३ हजार ७ सय ५६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १० हजार २ सय ३६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ९ हजार ४ सय १४ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ सय २२ छ।

    २४ घण्टामा ६ सय ६४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ८९ हजार ७ सय ८९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.१९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय १४ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ४८ जना र भेन्टिलेटरमा ८१ जनाको उपचार भईरहेको छ ।