× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले लिए सपथ

    ३ वर्ष पहिले

    कार्तिक-११, बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनियताको सपथ लिएका छन्।

    नेकपा (एकीकृत समाजवादी) का बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले कांग्रेस र माओवादीका सांसदहरुले समर्थनमा मुख्यमन्त्री बन्नु भएको हो ।

    प्रदेश प्रमुख शर्माले आज दिउँसो ३ बजेसम्मको लागि मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने समय दिएका थिए । मुख्यमन्त्री पाण्डेले हिजो बुधबार नै संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

    मुख्यमन्त्रीको लागि पाण्डेबाहेक अरु कसैको दाबी नपरेपछि पाण्डे मुख्यमन्त्री भएका हुन् ।