× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने

    ३ वर्ष पहिले

    कार्तिक-११, नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक भएको छ ।निर्वाचन समितिको बिहीबारको बैठकले मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने गरि तालिका सार्वजनिक गरिएको हो।

    धेरै जिल्लाहरुमा स्थानीय तहमा वडा अधिवेशन समेत सम्पन्न नभएपछि तालिका संशोधन गरी सार्वजनिक गरेको हो।

    निर्वाचन समितिको निर्णय अनुसार अब सिन्धुपाल्चोक, डोल्पा, बाँके, कैलाली, सुर्खेत, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्साका १२ जिल्लामा बाँकी गाउँ/नगर वडा अधिवेशन कात्तिक २७ गते हुनेछ। ती जिल्लामा गाउँ तथा नगरको अधिवेशन कात्तिक ३० गते हुनेछ। यस्तै, प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३, प्रतिनिधि सभाको क्षेत्रीय र एकमात्र निर्वाचन क्षेत्रको हकमा मंसिर १० गते अधिवेशन हुनेछ।

    यस्तै, सोलुखुम्बु दार्चुला र म्याग्दीमा प्रदेश सभा क्षेत्रीय अधिवेशन कात्तिक २७ गते हुनेछ। प्रतिनिधि सभाको क्षेत्रीय तथा एकमात्र निर्वाचन क्षेत्र भएको हकमा मंसिर १ गते अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ।जसमा हुम्ला जिल्लाको अधिवेशन मंसिर १ गते हुनेछ।

    अन्य ४६ जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३ गते हुनेछ। प्रतिनिधि सभा क्षेत्रीय तथा एकमात्र निर्वाचन क्षेत्रको हकमा मंसिर ६ गते अधिवेशन हुनेछ। एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको हकमा मंसिर १० गते अधिवेशन हुनेछ।

    निर्वाचन समितिले प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्नेगरि तालिका संशोधन गरेको छ। यस्तै, केन्द्रीय महाधिवशन मंसिर २४, २५ र २६ गते हुनेछ।