३ वर्ष पहिले
कार्तिक-१२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ४९ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ६ हजार ३ सय २५ जना पुगेको छ ।
२४ घण्टामा ७ हजार १ सय ४५ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ९० जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४४ लाख ९ हजार ७ सय २७ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा २ हजार ६ सय १ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ५६ हजार ३ सय ५७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १० हजार १ सय ५१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ९ हजार ३ सय ७९ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ सय ७२ छ।
२४ घण्टामा ५ सय ६९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९० हजार ३ सय ५८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.२० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ६ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय १२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ४२ जना र भेन्टिलेटरमा ७८ जनाको उपचार भईरहेको छ ।