३ वर्ष पहिले
कार्तिक-१३, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ ।
त्यसैगरी राती देशको पहाडी भु-भागमा आंशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भु-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । २०७८ कार्तिक १४ गते (आईतबार)