× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा वृद्धि

    ३ वर्ष पहिले

    कार्तिक-१३, नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ।

    निगम संचालक समितिको शुक्रबार बसेको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सबै प्रकारका इन्धनमा मूल्य बढाएको हो ।

    निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर ५० रूपैयाँ बढेको छ। अब ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार पाँच सय रूपैयाँ पर्नेछ ।

    त्यसैगरी काठमाडौं उपत्यकामा (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरको क्षेत्रमा) पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रूपैयाँ बढेको छ।

    योसँगै पेट्रोल अब १३३ रूपैयाँ प्रतिलिटर पर्नेछ।डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११६ रूपैयाँ पुगेको छ।

    त्यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर दस रूपैयाँ बढेर ९६ रूपैयाँ पुगेको छ।