× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ४०८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ५१८

    ३ वर्ष पहिले

    कार्तिक-१४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ८ जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ७ हजार १ सय ५ जना पुगेको छ ।

    २४ घण्टामा ५ हजार ७ सय ३१ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ७६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४४ लाख २० हजार ७ सय ७४ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार १ सय ६८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ६१ हजार १ सय २० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय ७६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ८ हजार ६ सय १५ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ सय ६१ छ।

    २४ घण्टामा ५ सय १८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९१ हजार ७ सय ८७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.२८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ८ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ११ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय २५ जना र भेन्टिलेटरमा ७० जनाको उपचार भईरहेको छ ।