३ वर्ष पहिले
कार्तिक-१५,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी राती देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा सामान्यतया सफा रहने छ । प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।