× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ५३३ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ४९०

    ३ वर्ष पहिले

    कार्तिक-१५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ३३ होजना नयाँ संक्रमित थपिएका छन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ७ हजार ६ सय ३८ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ४ सय ६८ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४४ लाख २८ हजार २ सय ४८ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ४ हजार १ सय ९६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ६५ हजार ३ सय १६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३ सय १८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ८ हजार ५ सय ९८ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ सय २० छ।

    २४ घण्टामा ४ सय ९० जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९२ हजार २ सय ७७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.२८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ९ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय १६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय १८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ४१ जना र भेन्टिलेटरमा ७४ जनाको उपचार भईरहेको छ ।