× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज धन्वन्तरी जयन्ती तथा धनतेरस पर्व

    ३ वर्ष पहिले

    कार्तिक-१६,धनतेरस पर्व तथा धन्वन्तरी जयन्ती कात्तिक कृष्ण त्रयोदशीमा मनाइन्छ । धार्मिक मान्यताका अनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर देवताका वैद्य धन्वतरी प्रकट भएका थिए । त्यसैले आज धन्वन्तरी जयन्ती मनाइन्छ। स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ ।

    यो दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । र धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ । आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँछन् ।

    धनतेरसमा के किन्ने ?

    धातुका भाडा जसमा पानीको सामाग्री भए धेरै राम्रो

    गणेश लक्ष्मीको मूर्ति

    माटो वा फलामको दीयो

    धन यन्त्र

    आर्थिक लाभका लागि पानीका भाडा

    कारोबारमा विस्तारका लागि धातुको दियो

    सन्तान सम्बन्धी समस्याका लागि तामाको थाली

    स्वास्थ्य तथा आयुका लागि घन्ट

    घरमा सुख शान्ति र प्रेमका लागि खाना पकाउने भाडा