× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मनकामना केबुलकारले आफ्नाे सबै कर्मचारीहरूको हरेक महिना कोभिड परीक्षण गर्ने ।

    ३ वर्ष पहिले

    चितवन । मनकामना केवलकार एवं मनकामना दर्शन प्रा.लि.ले आफ्ना सतप्रतिशत कर्मचारीलाई हरेक महिना कोभिड १९ को परीक्षण गर्ने कार्यक्रम अनुरूप कार्तिक १४ र १५ गते २ दिन लगाएर सम्पुर्ण कर्मचारीको काेभिड परीक्षण पुरा गरेकाे छ । परीक्षणमा सबै जना शुरक्षित रहेकाे परीक्षणमा रहनु भएका मुग्लिङ हाइवे हस्पिटलका डा. प्रमाेद काेइरालाले हाइवे समाचारलाइ जानकारी गराउनु भयाे । कार्यस्थलमा नै गएर मुग्लिङ हाइवे हस्पिटलका डाक्टर प्रमाेद काेइराला र सहायक ल्याव टेक्निसियन आबिद अलि चुरिहारले १३२ जना कर्मचारीकाे स्वाब परीक्षण गर्नुभएकाे थियाे ।

    कम्पनीका सञ्चालक राजेशबाबु श्रेष्ठले कर्मचारीहरुको स्वास्थ्य सुरक्षाका लागि कम्पनीले मुग्लिङ हाइवे हस्पिटलसंग सहकार्य गरेर कोभिड १९ काे परीक्षणको व्यवस्था मिलाएको जानकारी गराउनु भयाे । शतप्रतिशत कर्मचारीहरूले कोभिड १९ विरुद्धको दुवै खोप लगाइसकेकाेले अत्यधिक भिडबाट कर्मचारीलाइ शुरक्षित गर्न आबश्यक ट्रेनिङ लगाएत शुरक्षाकाे सबै व्यवस्था मिलाएकाे सञ्चालक श्रेष्ठले बताउनु भयाे । कम्पनी आफ्नो तर्फबाट गर्नुपर्ने हेरचाह गर्न र जिम्मेवारी निर्वाह गर्न प्रतिवद्ध रहेकाे समेत बताउनु भयाे । 

    चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म सञ्चालित यस केवलकार सेवाबाट दैनिक हजारौं यात्रुले सेवा लिदै आएका छन । तर पछिल्लो समयमा कोभिड महामारी र त्यसलाई नियन्त्रण गर्न लागू गरिएको लकडाउनका कारण यो सेवा लामो समयसम्म बन्द हुन पुगेको थियो । अहिले भने सेवा सुचारु छ । सेवा सुचारू पश्चात दिनानुदिन रूपमा भक्तजन एवं दर्शनार्थीहरूकाे भिड बढ्दै गएकाे मनकामना दर्शन प्रा.लि.का नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिनु भयाे ।

    मनकामना दर्शनकाे लागी पाल्नु भएका सबै यात्रु एवं भक्तजनहरूलाइ आवश्यक सेनिटाइजर, हातधुने सावुनपानी, खानेपानी, शाैचालय र सरसफाइ गतिविधिलाइ चुस्त गर्दै फेस मास्क अनिवार्य गरिएकाे र आवश्यक थप सुविधाकाे लागी कम्पनी पूर्णरूपमा तयारी अवस्थामा रहेकाे समेत सेल्स एण्ड मार्केटिङ अफिसर राजेन्द्र लामाले हाइवे समाचारलाइ जानकारी गराउनु भयाे ।