× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ४६९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ५५५

    ३ वर्ष पहिले

    कार्तिक-१६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ६९ जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ८ हजार १ सय ७ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार १ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ४ सय २२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४४ लाख ३५ हजार ३ सय ५७ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार १ सय ७२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ६८ हजार ४ सय ८८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १ सय ७४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ८ हजार ४ सय ६८ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ सय ६ छ।

    २४ घण्टामा ५ सय ५५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९२ हजार ८ सय ३२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.३० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ११ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय २७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय २० जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ४१ जना र भेन्टिलेटरमा ७४ जनाको उपचार भईरहेको छ ।