× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ४४७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ४३९

    ३ वर्ष पहिले

    कार्तिक-१७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ६९ जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ८ हजार ५ सय ५४ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार १ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ९५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४४ लाख ४१ हजार ९ सय ३४ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार ३ सय ३५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ७१ हजार ८ सय २४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १ सय २३ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ८ हजार ४ सय ३६ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ सय ८७ छ।

    २४ घण्टामा ४ सय ३९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९३ हजार २ सय ७१ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.३१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ७ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ३४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय २१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय २३ जना र भेन्टिलेटरमा ५९ जनाको उपचार भईरहेको छ ।