× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज तिहारको चौथो दिन : गोवर्धन पूजा, म्हपूजा र नेपाल सम्वत् ११४२ मनाइँदै

    ३ वर्ष पहिले

    कार्तिक-१९, आज तिहार अर्थात् यमपञ्चकको चौथो दिन गोवर्धन पूजा गरि मनाइँदै छ । तिहारको पहिलो दिन काग, कुकुर र लक्ष्मी पूजा हुँदै आज गोवर्धन पूजा गरि मनाइँदै छ भने नेवार समुदायले म्हपूज र नेपाल सम्वत् मनाउँदै छन् ।

    नेपाललगायत विश्वभरि कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ ।

    भगवान श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छि औंलाले गोबर्धन पर्वतलाई उठाएर त्यस मुनी द्वारिकावासीलाई ओत लागाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ ।

    भगवान श्री कृष्णसँग आजकै दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ ।आजको दिन, श्री कृष्णले आफ्नो औंलाले उठाएको त्यही गोबर्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोवर्धन पर्वतको पूजाआजा गर्दा गाईवस्तुको गोबरलाई नै गोवर्धन पर्वतको प्रतिकका रुपमा पूज्ने चलन रहिआएको छ ।गोवर्धननका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै आज कृषि औजारहरुको पनि पूजा गरिन्छ ।आजको दिन यि हलगोरु अनि हलोको पूजा गर्ने गरिन्छ ।

    म्हपूजा

    आफुलाई आफैले पुजा गर्ने पर्व म्ह पुजा आज मनाइदै छ । विषेश गरेर नेवार समुदायले मनाउने यस पर्व तिहारकै बेलामा पर्दछ । आज घर घरमा आफ्नो शरिरको आफैले पूजा गरेर नेवार समुदायले म्ह पूजा मनाउन लागेका छन् । नेवारी भाषामा म्ह को शाब्दीक अर्थ देह या शरीर र पूजाको अर्थ आफ्नो देहप्रतिको आदरयूक्त याचना भन्ने बुझाउने भएकाले म्ह पुजामा शरिरको पुजा गर्ने भन्ने बुझिन्छ ।

    आजको दिनलाई आत्म तत्वलाई वोध गराउने अनि सजिवताको आभाष गराउने दिनको रुपमा पनि लिइन्छ । शरीरमा शान्ति नभइकन शान्ति नहुने विश्वास अनुरुप आजको दिन अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाईन्छ ।

    नेपाल सम्वत् ११४२आजबाट सुरु

    नेपाल संवत् ११४२ आजबाट सुरु भएको छ । यस संवत्लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात गर्नु भएको थियो ।

    नेपाल सम्वत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो ।प्रचलित अनेकौं संवत्हरूमध्ये अधिकांश संवत्हरू कुनै निश्चित धर्म, धार्मिक नेता वा शासकहरूको नाममा प्रचलनमा ल्याइएका छन् । अपवादमा रहेको ‘चन्द्रमानक पात्रो’मा आधारित ‘नेपाल संवत्’ विश्वको एकमात्र संवत् हो, जुन राष्ट्रको नाममा प्रचलनमा ल्याइएको छ ।

    नेपाल संवत् नयाँ वर्ष नेवारहरूले ‘ईश्वरको बास मानव शरीरमा हुने भएकाले वास्तविक मन्दिर मानव शरीर’ हुने विश्वासका साथ मानव शरीरलाई पूजा गर्दै मनाउने एक महान पर्व ‘म्ह:पुजा’को दिन पर्छ

    भक्तपुरका राजा राघव देवको पालादेखि चन्द्र शमशेरको पालासम्म सरकारी कार्यलयमा नेपाल सम्वत्को प्रचलन रहेको इतिहास छ ।