× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १८३ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ६४८

    ३ वर्ष पहिले

    कार्तिक-१९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ८३ जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ९ हजार १ सय ९३ जना पुगेको छ ।

    २४ घण्टामा २ हजार २ सय ५८ जनाको पिसिआर परीक्षण गर्दा २ सय ८७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४४ लाख ४७ हजार ५ सय जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ५ सय ३७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ७७ हजार ४ सय ८६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ४ सय १३ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ७ हजार ७ सय ६३ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ सय ५० छ।

    २४ घण्टामा ६ सय ४८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९४ हजार ४ सय ३८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.३७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ३८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय १५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय जना र भेन्टिलेटरमा ५५ जनाको उपचार भईरहेको छ ।