× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    अरब सागरमा विकसित भैरहेको निम्न चापिय प्रणालीको सामान्य प्रभाव, हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना

    ३ वर्ष पहिले

    कार्तिक-२२, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार नेपालमा अरब सागरमा विकसित भैरहेको निम्न चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ ।हाल देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशमा सामान्य बदली र बाँकि भू-भागमा मौसम सामान्यतय सफा देखि आन्शिक बदली रहेको छ ।

    आज दिउँसो देशका प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    त्यसैगरी राती देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।