× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ५३३ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ४८४

    ३ वर्ष पहिले

    कार्तिक-२३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ सय ३३ जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १० हजार ३ सय ९८ जना पुगेको छ ।

    २४ घण्टामा १४ हजार ८ सय १८ जनाको पिसिआर परीक्षण गर्दा सय ४३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४४ लाख ६९ हजार १ सय ३८ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार सय ४ सय २० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ८३ हजार ८ सय ७५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय १२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ७ हजार ७७ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ सय ३५ छ।

    २४ घण्टामा ४ सय ८४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९६ हजार ३ सय ६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.४६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ५४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय १० जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ९९ जना र भेन्टिलेटरमा ५५ जनाको उपचार भईरहेको छ ।