× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ४४० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ४७४

    ३ वर्ष पहिले

    कार्तिक-२४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ४० जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १० हजार ८ सय ३८ जना पुगेको छ ।

    २४ घण्टामा ५ हजार ४ सय ७ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ८७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४४ लाख ७४ हजार ५ सय ४५ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार सय ४ सय ७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ८५ हजार २ सय ८२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय १९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ७ हजार ५ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ सय १४ छ।

    २४ घण्टामा ४ सय ७४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९६ हजार ७ सय ८० पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.४७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ६ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ८९ जना र भेन्टिलेटरमा ५३ जनाको उपचार भईरहेको छ ।