× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३९७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३८९

    ३ वर्ष पहिले

    कार्तिक-२६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ९७ जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ११ हजार ५ सय ५२ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार १ सय ३४ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ५५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४४ लाख ९३ हजार २ सय ८८ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ९ सय ३२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ९० हजार २ सय ५८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४ सय ९८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ९ सय ४५ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ सय ५३ छ।

    २४ घण्टामा ३ सय ८९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९७ हजार ४ सय ४८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.४८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ३ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ६९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ९० जना र भेन्टिलेटरमा ५७ जनाको उपचार भईरहेको छ