× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन अनुरोध

    ३ वर्ष पहिले

    कार्तिक-२८, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार प्रदेश हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।

    आज दिउँसो देशका प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य वदली र अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ।

    त्यसैगरी राती देशका प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य वदली तथा अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशका हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना छ ।

    जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ ।