× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    विप्लव’ नेतृत्वको नेकपाले भोलिको लागि घोषणा गरेको नेपाल बन्दमा सहयोग गर्न सबैलाई आह्वान

    ३ वर्ष पहिले

    कार्तिक-२९, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा भोलिको लागि घोषित नेपाल बन्द कार्यक्रममा सहयोग गर्न यातायात व्यवसायी लगायत सबैलाई आह्वान गरेको छ ।

    केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इञ्चार्ज प्रज्वलनले जारी गरेको पत्रमा भोलि सम्पूर्ण पेसाकर्मी, उद्योगी, व्यवसायी, शैक्षिक संघसंस्थालाई बन्द सफल पारिदिनको आग्रह गरेका छन् ।

    जारी पत्रमा भनिएको छ, ‘सरकारले हालै महिना दिनभित्र ९ पटकसम्म पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।डिजेल, पेट्रोल, हवाइ इन्धन, ग्यास तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुमा भएको चर्को मूल्यवृद्धिले आमसर्वसाधारण किसान, श्रमिक, मजदुर मात्र नभई विद्यार्थी, शिक्षक–वुद्धिजीवी, कर्मचारीलगायत मध्यम वर्ग र व्यवसायीहरूको समेत ढाड सेक्ने निश्चित छ ।’

    उनले भनेका छन् ‘नेपाल बन्द हाम्रो रहर नभई बाध्यता हो’ ।आन्दोलनका कार्यक्रमहरूमा देशव्यापी ऐक्यबद्धता प्रकट गरी मूल्यवृद्धिको सशक्त प्रतिवाद गर्दै मूल्यवृद्धि खारेज गर्न सरकारमाथि चौतर्फी दबाब सिर्जना गर्नु हरेक क्षेत्रका नागरिकहरूको दायित्व भएको समेत उल्लेख गरिएको छ ।