× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    देशभर बाट बन्द गराउँदै हिँडेका विप्लवका सयौं कार्यकर्ता पक्राउ

    ३ वर्ष पहिले

    कार्तिक-३०, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको नेपाल बन्द सफल पार्न हिडेका सयौं कार्यकर्तालाई प्रहरीले प्रकाउ गरेको छ ।

    बन्दको प्रभावका कारण देशभरका शैक्षिक संस्था,बजार र सार्वजनिक सवारी साधनमा प्रभाव परेको छ । बन्द सफल बनाउन देशको केही शहरहरुको चोकमा नेकपाका कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरेका छन् ।

    सवारी साधन बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई काठमाडौंबाट प्रहो पक्राउ गरेको छ।

    नेपाल बन्दका क्रममा कास्की पोखराबाट आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले बजारका विभिन्न स्थानबाट शंकास्पद गतिविधिमा सङ्लग्न आठ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।

    यसैगरि बन्दका क्रममा चितवनमा सवारी रोक्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दका कारण चितवनमा लामो दुरीका सवारी साधनहरु अलपत्र परेका छन्।

    तनहुँमा बन्द गराउन खटिएका डुम्रेबाट दुई जना र दमाैलीबाट ११ जना गरी १३ जनालाई मंगलबार बिहान ६ बजेतिर पक्राउ गरेकाे छन्।

    रुकुममा सवारी तथा मालबाहक साधन रोक्दै तथा बजार बन्द गराउँदै हिँडेका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    कपिलवस्तुबाट पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै बन्द गराउन हिँडेका विप्लव नेतृत्वको नेकपाका १६ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

    सिन्धुपाल्चोक अन्तर्गतको बीपी राजमार्गमा बन्द गराउँदै हिँडेका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बन्द गराउदै हिडेका विप्लवका १३ कार्यकर्तालाई काभ्रेको बनेपाबाट पक्राउ गरिएको छ ।

    यस्तै इटहरीमा पनि बन्द गराउँदै हिँडका विप्लवका २४ जना कार्यकर्ता पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।