× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३७७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १७०

    ३ वर्ष पहिले

    कार्तिक-३०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ७७ जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १२ हजार ९ सय ४७ जना पुगेको छ ।

    २४ घण्टामा ६ हजार ५ सय ५ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४५ लाख २० हजार ५ सय ८० जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ४ हजार ८ सय ४८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख २ हजार ३ सय ६६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४ सय ७६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ९ सय ८४ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ सय ९२ छ।

    २४ घण्टामा १ सय ७० जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९८ हजार ७ सय १४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.४७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ४ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय १९ जना र भेन्टिलेटरमा ५९ जनाको उपचार भईरहेको छ ।