× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज दशौं राष्ट्रिय कर दिवस,सबैभन्दा बढी कर तिर्ने उद्योगी,व्यवसायी सम्मानित

    ३ वर्ष पहिले

    मंसिर-१, दशौं राष्ट्रिय कर दिवस आज मनाइदैं छ। ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि : सुशासन, विकास र समृद्धि’ भन्ने नाराका साथ आजदेखि देशभर सप्ताहव्यापी रुपमा दिवस मनाइँदैछ ।

    आधुनिक एवं वैज्ञानिक कर प्रणाली तर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवश मनाउन थालिएको हो ।

    सरकारले कर दिवसको अवसरमा सबैभन्दा धेरै कर तिर्ने उद्योगी व्यवसायीलाई सम्मानित गरेको छ । आज आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले सबैभन्दा धेरै कर तिर्ने उद्योगी र व्यवसायीलाई सम्मान गरेका हुन् ।

    व्यक्तिगततर्फ सबैभन्दा कर बुझाउनेमा सिद्धार्थ राणा परेका छन् । राणा हरेक वर्ष धेरै कर तिर्ने व्यवसायीको रुपमा सम्मानित हुँदै आएका छन् । गत वर्षमा भने जावलाखेल डिस्टिलरी विजय शाहले यो सम्मान पाएका थिए । यस्तै, भारतीय लगानीको डाबर नेपाल सबैभन्दा धेरै निर्यात गर्ने कम्पनी बनेर सम्मानित बनेको छ । संस्थातर्फ सबैभन्दा धेरै कर बुझाउनेमा सरकारी स्वामित्वको नेपाल टेलिकम परेको छ ।

    उद्योगतर्फ एसियन पेन्टस्का गोपाल श्रेष्ठ सम्मानित भएका छन् । यस्तै, कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेक र वाणिज्य बैँकतर्फ नबिल बैंक सम्मानित भएका छन् भने नोबेल हस्पिटल, तारागाउँ रिजेन्सी र भाटभटेनी पनि बढी कर तिर्नेमा परेका छन् ।

    यसैगरी, बहुराष्ट्रिय उद्योगतर्फ सूर्य नेपाल सम्मानित भएको छ भने भ्याटतर्फ घोराही सिमेन्ट र बीमा कम्पनीतर्फ नेपाल पुनर्बीमा कम्पनी सम्मानित भएका छन् । सरकारले हरेक वर्षको कर दिवस पारेर वर्षमा सबैभन्दा धेरै कर तिर्ने उद्योगी/व्यवसायी तथा उद्योग व्यवसायलाई सम्मानित गर्दै आएको छ ।