३ वर्ष पहिले
मंसिर-१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय १२ जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १३ हजार २ सय ५८ जना पुगेको छ ।
२४ घण्टामा १० हजार १ सय ६ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ६३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४५ लाख ३० हजार ६ सय ८६ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ८ सय ८७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ४ हजार २ सय ५३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय ३६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ७ हजार १ सय ६३ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ सय ७३ छ।
२४ घण्टामा २ सय २ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९८ हजार ९ सय १६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.४७ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय २४ जना र भेन्टिलेटरमा ६० जनाको उपचार भईरहेको छ ।