× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २९९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २६०

    ३ वर्ष पहिले

    मंसिर-२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १३ हजार ५ सय ५७ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ८ सय ६३ जनाको पिसिआर परीक्षण गर्दा २ सय ७२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४५ लाख ३८ हजार ५ सय ४९ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार २ सय ८८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ७ हजार ५ सय ४१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय ४२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ७ हजार १ सय ६९ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ सय ७३ छ।

    २४ घण्टामा २ सय ६० जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९९ हजार १ सय ७६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.४७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ६ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय २४ जना र भेन्टिलेटरमा ६० जनाको उपचार भईरहेको छ ।