× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज गुरु नानकको ५५२ औं जन्म जयन्ती, नेपालमा पनि मनाइँदै

    ३ वर्ष पहिले

    मंसिर-३,आज शिख धर्मका प्रवर्तक गुरु नानकको ५५२ औं जन्म जयन्ती श्रद्धापुर्वक मनाइँदै छ ।

    हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन विश्वभरका शिख धर्मावलम्बीहरुले आफ्नो गुरु, गुरु नानकको जन्म जयन्ती मनाउने गर्दछन् ।

    नेपालमा विभिन्न स्थानमा रहेका गुरुद्वारमा आज शिख धर्मालम्बीहरु भेला भई गुरु नानकको जन्म जयन्ती मनाउँदै छन् ।

    गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहिब’ पाठ गराउनाका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिए। यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइने जनाइएको छ ।

    गुरु नानकको जन्म विक्रम सम्वत् १५ सय २६ मा पाकिस्तानमा भएको थियो । गुरु नानक धर्मरक्षक र समाज सुधारक थिए ।

    धर्ममा भेदभाव नराख्नु उनको विशेषता थियो । उनले समानता, बन्धुत्व, सद्गुणमा आधारित भावनात्मक र सामाजिक आधार सिर्जना गरेका थिए ।

    आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरुपर्व पनि भनिन्छ । यस दिन पवित्र ग्रन्थ गुरु ग्रन्थ साहिबको अध्ययन गरेर गुरुपर्वको विधी विधान अनुरुप समापन गरिन्छ ।