× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज ३२ औं अन्तर्राष्ट्रिय बाल दिवस मनाइदै

    ३ वर्ष पहिले

    मंसिर-४,आज नोभेम्बर २०, “हरेक बालबालिकाको राम्रो भविष्य” भन्ने नाराका साथ विश्वभर ३२औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइदै छ।

    सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघले बाल अधिकार सम्बन्धी महासन्धि पारित गरेको हुनाले हरेक बर्ष नोभेम्बर २० का दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाईन्छ ।

    नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धिलाई १४ सेप्टेम्बर १९९० मा हस्ताक्षर गरेको थियो । नेपालमा बालबालिकाहरूको हक अधिकार संरक्षणका लागि बालबालिका सम्बन्धि ऐन २०४८ र नियमावली २०५१, बालश्रम सम्बन्धि ऐन २०५६, बाल न्याय कार्यविधी लगायत लागू गरिएको छ।

    नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा ३९ मा बालबालिकाको अधिकार सुनिश्चित गरिएको छ। अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा आज महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सहित बालअधिकारको क्षेत्रमा क्रियाशिल देशभरका सामाजिक संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गर्दैछन्।

    नेपालमा १६ बर्ष मुनिका बालबालिकाको संख्या कूल जनसंख्याको ४१ प्रतिशत रहेको छ ।