× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनका ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसको नयाँ नेतृत्व चयन

    ३ वर्ष पहिले

    मंसिर-४, नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनका छ वटै प्रदेशको निर्वाचन सम्पन्न भएको छ । शुक्रबार भएको मतदानबाट पार्टीभित्रको नयाँ नेतृत्व छानिएका हुन् ।

    शुक्रबार राति अबेरसम्म मतगणना गरी सबै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत कमलमोहन पोखरेलले जानकारी दिए ।

    मुख्य निर्वाचन अधिकृत कमलमोहन पोखरेलले दिएको जानकारी अनुसार चितवन क्षेत्र न.१ (क) प्रदेश सभापतिमा गणेश मल्ल ठकुरी निर्वाचित भएका छन् ।निर्वाचनमा ठकुरीको प्यानलै विजयी बनेको हो । ठकुरीले १७६ मत प्राप्त गरे । उनका निकटम प्रतिद्धन्द्धी कृष्ण श्रेष्ठले १७५ मत प्राप्त गरे । ठकुरी मात्र १ मतले सभापतिमा निर्वाचित भएका हुन् ।उपसभापतिमा राजु चौधरी र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।

    उपसभापतिमा राजु चौधरी र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् ।यस्तै सचिवमा संगीता चौधरी र दिपेन्द्र रोक्का निर्वाचित भएका छन् । यस्तै सह–सचिवमा कृष्णप्रसाद पाठक र पदम मोक्तान निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    क्षेत्र न.१ (ख) प्रदेश सभापतिमा गोविन्द गौतम निर्वाचित भएका छन् । गौतम २७९ मतका साथ सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी रामहरि न्यौपानेले २६५ र सुजन थापाले १९ मत प्राप्त गरे ।

    यस्तै उपसभापतिमा इन्द्रलाल न्यौपाने (२९३) र डिल्लीप्रसाद छत्कुली (२७८) मतका साथ निर्वाचित भएका छन् । उनीहरुका निकटम प्रतिद्धन्द्धी शंकर पौडेल २७३ र धिरेन्द्रप्रसाद घिमिरे २४४ मत प्राप्त गरे ।

    त्यस्तै सचिवमा देवेन्द्रबहादुर भुजेल (३४३) र मनोज चौधरी ३०६ मतका साथ निर्वाचित भएका छन् । सन्दीप रेग्मी २२६ र रुद्रप्रसाद सुवेदी २१२ मत मात्रै प्राप्त गरे ।

    यसैगरि सह–सचिवमा गीता दाहाल (३२३) र रामसिंह चौधरी (२९३) निर्वाचित भएका छन् । तुलसी पन्त २६६ र लालप्रसाद चालिसेले २०७ मत मात्रै प्राप्त गरे ।

    क्षेत्रीय सदस्य महिलातर्फ ३०७ मतका साथ बबिता चौधरी निर्वाचित भएकी छन् भने खुलातर्फ राजु तामाङ लामा (३२९) र ओमप्रसाद घिमिरे (२८९) निर्वाचित भएका छन् ।

    क्षेत्र नं. २ (क) प्रदेश सभापतिमा जनार्दन प्रसाद दाहाल निर्वाचित भएका छन् । दाहाल २२९ मतका साथ सभापतिमा निर्वाचित भएका हुन् ।उनका निकटम प्रतिद्धन्द्धी हरिप्रसाद भण्डारीले १९५ मत प्राप्त गरे भने राजकुमार गुरुङले ५० मत प्राप्त गरे ।

    यस्तै उपसभापतिमा मिठु गौतम सुवेदी (२५४) र केशवराज रिमाल (२४०) निर्वाचित भएका छन् । उनीहरुको निकटम प्रतिद्धन्द्धी इश्वरी प्रसाद अधिकारीले २०५ र प्रजापति सापकोटा १९४ मत मात्रै प्राप्त गरे ।

    त्यस्तै सचिवमा कुमबहादुर गुरुङ (२५४) र ठाकुर लामिछाने (२५१) निर्वाचित भएका छन् । मणिरत्न शाक्य २१९ र अर्जुन मर्दनिया १५४ मत मात्रै प्राप्त गरे ।

    यसैगरि सह–सचिवमा सुजन थापा (२४१) र सोमराज आचार्य (२२२) निर्वाचित भएका छन् ।

    क्षेत्र नं. २ (ख) प्रदेश सभापतिमा रोशन शाही ठकुरी निर्वाचित भएका छन् ।ठकुरीले २६१ मतका साथ सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी करुणाकान्त पोख्रेलले १९८ र रचन कार्कीले २३ मत प्राप्त गरे ।

    यस्तै उपसभापतिमा जानकी पौडेल सापकोटा (२५४) र महेन्द्रराज पौडेल (१९८) मतका साथ विजयी भएका छन् ।

    यस्तै उपसभापतिमा जानकी पौडेल सापकोटा (२५४) र महेन्द्रराज पौडेल (१९८) मतका साथ विजयी भएका छन् ।

    यस्तै सचिवमा कृष्ण विलास अधिकारी (२८९) र रविभन्द्र शर्मा खनाल (२१२) मतका साथ विजयी भएका छन् ।सह–सचिवमा बसन्त ढकाल र सजनी भन्तना विजयी भएका छन्।

    क्षेत्र न.३ (क) प्रदेश सभापतिमा खेमनारायण सापकोटा निर्वाचित भएका छन् । सापकोटा ३०८ मतका साथ सभापतिमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी कमलनाथ पौडेलले १५८ र शालिकराम पौडेलले ११८ मत प्राप्त गरे ।

    यस्तै उपसभापतिमा आशबहादुर गुरुङ (४५२) र सूर्यकला अधिकारी कोइराला (२४१) मतका साथ निर्वाचित भएका छन् ।त्यस्तै सचिवमा ठाकुरप्रसाद पौडेल (३६०) र आनन्द प्रसाद सुवेदी (३४०) निर्वाचित भएका छन् ।

    यस्तै सहसचिवमा डिलु गुरुङ (२९३) र भरत अधिकारी (११०) निर्वाचित भएका छन् । सहसचिवमा ९ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

    क्षेत्र न.३ (ख) प्रदेश सभापतिमा शोभाखर चापागाईं निर्वाचित भएका छन् । १४७ मतका साथ चापागाई सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका प्रत्यासीहरु ओमप्रसाद पोखरेल ९९, रामबहादुर कुवँरले ७८ र अशोक लामाले २८ प्राप्त गरे ।

    यस्तै उपसभापतिमा लिलाराज भुसाल निर्वाचित भएका छन् । भुसालले २१२, केशब बसेलले २०० र भरत घिमिरे १९४ मत प्राप्त गरे ।

    यस्तै सचिवमा गोबिन्द शर्मा (१८६) र सूर्य अधिकारीले (१९१) मतका साथ विजयी भएका छन् । मनोहर सिग्देल १८२ मत प्राप्त गरे ।