× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २४२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ४४४

    ३ वर्ष पहिले

    मंसिर-४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ४२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १४ हजार ९५ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार १ सय ३६ जनाको पिसिआर परीक्षण गर्दा २ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४५ लाख ४६ हजार ५ सय ३५ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ९ सय ९१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ११ हजार ७ सय २७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ३ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ८ सय ५२ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ सय ५१ छ।

    २४ घण्टामा ४ सय ४४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९९ हजार ९ सय ८९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.५१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ९० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ३४ जना र भेन्टिलेटरमा ५५ जनाको उपचार भईरहेको छ ।