× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २४२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ४४४

    ३ वर्ष पहिले

    मंसिर-५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ४२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १४ हजार ९५ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ८ सय ४५ जनाको पिसिआर परीक्षण गर्दा २ सय ३२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४५ लाख ५८ हजार ३ सय १६ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार २ सय ७८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख १३ हजार ५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १६४ सय ३ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ६ सय ९६ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ सय ६८ छ।

    २४ घण्टामा ३ सय ७९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ३ सय ५९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.५५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ९६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय २७ जना र भेन्टिलेटरमा ५१ जनाको उपचार भईरहेको छ ।