× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २५८

    ३ वर्ष पहिले

    मंसिर-६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ५८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १४ हजार ७ सय १८ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ९ सय २१ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ६७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४५ लाख ६८ हजार २ सय ३७ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ७ सय ७६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख १५ हजार ७ सय ८१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ६८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ८ सय २७ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ सय ४२ छ।

    २४ घण्टामा २ सय ५८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ६ सय १७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.५२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ४ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ३० जना र भेन्टिलेटरमा ५५ जनाको उपचार भईरहेको छ ।