× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३५१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २७३

    ३ वर्ष पहिले

    मंसिर-७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १५ हजार ६८ जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार ७ सय २१ जनाको पिसिआर परीक्षण गर्दा ३ सय १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४५ लाख ७६ हजार ९ सय ६६ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ४ सय ४५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख १७ हजार २ सय २६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ८ सय ६९ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ सय ३१ छ।

    २४ घण्टामा २ सय ७३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख ८ सय ९० पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.५२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ९ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय २३ जना र भेन्टिलेटरमा ५१ जनाको उपचार भईरहेको छ ।