× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पर्यटन उद्योगमा क्रान्ति ल्याउने मनकामना केवलकार २४ वर्षमा प्रवेश

    ३ वर्ष पहिले

    मंसिर-८, पर्यटन उद्योगमा केबलकारको माध्यमबाट क्रान्ति ल्याउन सफल चितवन को–ई समुह अन्तर्गतको मनकामना दर्शन प्रालिको मनकामना केबलकार सञ्चालनमा आएको २३ वर्ष पूरा भई २४ बर्षमा प्रवेश गरेको छ।

    २३ बर्ष अगाडि पर्यटन उद्योगमा नेपालको लागि नितान्त नयाँ , ठुलो लगानी र जोखिमको हिसावले उच्च रहेको अवस्थामा २०५५ सालमा गोरखाका व्यवसायी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले ५३ करोडको लागतमा केबलकार स्थापना गरेका थिए ।

    व्यावसायिक कार्यको निमित्त युरोप पुगेका बेला पहिलो पटक केबलकार देखेपछि युरोपबाट फर्किंदा नेपालमा केबलकार बनाउने सोचको परिणाम स्वरुप नेपालमा पहिलोपटक केबलकार सञ्चालनमा आएको थियो ‌।

    केवलकार सञ्चालन पश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्र एक प्रमुख पर्यटकीय गन्तब्य बनेको छ।

    मनकामनामा पहिलोपटक व्यावसायिक केबलकार सञ्चालनमा आएपछि नेपालका अन्य स्थानमा पनि केबलकार सञ्चालन गर्न यो अध्ययन केन्द्र बनेको छ ।

    नेपालमा ब्यबसायिक रुपमा सञ्चालन गर्न अनुमति माग गर्दै भौतिक पूर्वाधार तथा यातायता मन्त्रालयमा आवदेन दिने कम्पनीको संख्या २५ वटा भन्दा बढी पुगेको छ ।

    मनकामनामा केबलकार चलेको लामो समयपछि मात्रै राजधानीमा चन्द्रागिरिमा केबलकार सञ्चालनमा आएको हो। दोलखाको कालिञ्चोक, पोखराको फेवातालदेखि सराङकोट सम्मको केवलकार अन्तिम चरणमा पुगेको छ ।कयौँ स्थानमा केबलकार निर्माण भइरहेको छ भने धेरै ठाउँमा केबलकार निर्माणका लागि अध्ययन भइरहेको छ।