× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २३२

    ३ वर्ष पहिले

    मंसिर-८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ३२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १५ हजार ४ सय १ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ५ सय ९० जनाको पिसिआर परीक्षण गर्दा ३ सय ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४५ लाख ८४ हजार ५ सय ५६ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ३ सय ३० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख १९ हजार ५ सय ५६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ६९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ९ सय ८१ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ सय ८८ छ।

    २४ घण्टामा २ सय ३२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १ हजार १ सय २२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.५१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ४ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय १३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ६ जना र भेन्टिलेटरमा ४० जनाको उपचार भईरहेको छ ।